नेपाली दोहोरी गीतमा पिएचडी गर्नु भएकी एक अमेरीकन गोरीनी द्वारा गाईएको यो अत्यन्तै रोचक अनि घोचक दोहोरी गीत कार्यक्रम। भिडियो – मोक्तान डिजिटल भिडियो, न्युयोर्क।
Posted in नेपाली दोहरी गीत
lok dohri
Posted in नेपाली दोहरी गीत
कान्छी सालि लाई कहाँ देखुँ भैरने
Posted in नेपाली दोहरी गीत
बैँशैमा मायाको पर्यो अनिकाल
Posted in नेपाली दोहरी गीत
मायालु काँ को? म परेँ स्याङग्जाको बुटवलमा
Posted in नेपाली दोहरी गीत
(नेपालि लोक गित)
Posted in नेपाली दोहरी गीत
यो नानीको शिरैमा.(कौडा)
Posted in नेपाली दोहरी गीत
पाइएन प्रेमी…
रातो मखमलको चोलीसँग मिल्नेगरी निधारमा मखमलकै टीका अनि काँधमा सर्लक्क पारेर मिलाइएको पछ्यौरी । ओठको लाली र सेतो चस्मालाई अनुहारको मन्द मुस्कानले झन् चम्काइदिएको छ । दुवै हातमा मिलाएर लगाइएका चुरा बज्नेगरी माइक समाउँदै स्टेजमा उत्रेपछि उनको जागिर सुरु हुन्छ । स्टेजअगाडिका टेबलमा बसेका पाहुनालाई मन्द मुस्कानले स्वागत गर्दै गीतले लठ्याउनु उनको दैनिकी हो । पाहुनाको फर्माइसमा गीत गाउने उनीसँग केही पाहुना त सँगै दोहोरी खेल्नसमेत तम्सिन्छन् । पोखराको मुटुमा रहेको चिप्लेढुंगास्थित दीपशिखा दोहोरी साँझमा यही पहिरनमा यस्तै दैनिकीमा भेटिने यी युवती हुन् स्याङ्जा माझकोट शिवालयकी गायिका कृष्ण गुरुङ । धेरैले यिनको गीतलाई ‘वान्स मोर’ भन्दै थपडी मार्छन् । पोखरा आफैंमा सुन्दर छ, त्यसमाथि झन् गण्डकी अञ्चल त लोकगीतका लागि उर्वर भूमि नै मानिन्छ । राष्ट्रिय रूपमा लोक-दोहोरीमा चम्केका अनुहार कल्याण शेरचनदेखि झलकमान गन्धर्व हुँदै पुरुषोत्तम न्यौपाने, लक्ष्मी न्यौपाने, शर्मिला गुरुङ, बिमाकुमारी दुरा, राजु परियार यही क्षेत्रका हुन् । यही जमातका पछिपछि लागेकी छिन् कृष्ण पनि ।
विद्यालय-जीवनबाटै गायन र नृत्यमा समेत रुचि राख्ने कृष्णाको गायनयात्रा भने ०६१ सालपछि मात्र सुरु भयो, त्यो पनि परिवारका सदस्यले थाहा नपाउने गरी । लुकिछिपी गाउनुपर्ने बाध्यताले पेसामा अलि अप्ठ्यारो भयो उनलाई । किन त ? प्रश्नको जवाफ सजिलो छ- ‘हाम्रो समाजमा केटीमान्छेलाई गाउँदै हिँड्न कसले पो दिन्छ र ?’ बुबा-आमा कलाक्षेत्रभन्दा अन्य पेसामा लाग्न कर गर्थे रे । त्यसो त उनी आफैं पनि स्टाफ नर्स बन्ने सोचमा थिइन् । कसरी परिवर्तन भयो त उनको विचार ?’सुरुमा साथीभाइले कर गरेर गाउन लगाउँथे पछि आफैंलाई रुचि बढ्दै गयो ।’ उनको कलाको प्रशंसा घरबाहिर भए पनि घरमा त्यसले प्रवेश पाउन सकेन । परिवारले सहयोग नगर्दा डेढ वर्षजति गाउन छाडेँ, तर कलाक्षेत्रबाट टाढा बस्नै सकिनँ ।’ परिवारका सदस्यलाई कन्भिन्स गरेर यही क्षेत्रमा लाग्ने अठोटचाहिँ उनले वरिष्ठ लोकगायक कल्याण शेरचनलाई भेटेपछि मात्रै गरिन् ।
जीवनको सोख स्टाफ नर्स बन्ने भए पनि पार्टटाइम जागिर गर्न उनी कलाक्षेत्रमा लागिन्, तर कला र गलाले साथ दिएपछि स्टाफ नर्सको भूत आफैं भाग्यो भन्छिन् उनी । कल्याण शेरचन, पूर्णबहादुर ह्याल्मो र बुद्धिमान गुरुङ ‘धम्पो’ले कलाक्षेत्रमा लाग्न सहयोग गर्न थालेपछि उनको कलाले राष्ट्रिय र अन्तर्राष्ट्रिय चर्चा पायो । पछि परीवारले समेत हौसला थपिदिए । परिवारको समेत सहयोग पाएपछि उनी छिमेकी देश भारतको मुम्बई, दिल्ली, सिक्किम र दार्जलिङसम्म पुगेर आफ्नो कला प्रदर्शन गर्न सफल भइन् । ०६५ मा आफ्नै लगानीमा माछी फेवातालैमा… गीति एल्बम प्रकाशित गरेकी उनले सञ्जय पुनसँग मिलेर दोस्रो एल्बम फूलको डाली… बजारमा ल्याइन् । यस क्षेत्रमा नाम र दाम पनि कमाउन थालेको कुरा खुलस्त भन्ने उनले मुस्काउँदै भनिन्, ‘मैले आफ्नो खर्च अरूसँग माग्नुपर्दैन ।’ उनलाई अन्य पेसाले खासै तानेको पनि छैन । ‘जे गरे पनि आर्थिक रूपमा सबल हुने हो, नाम कमाउने हो, म यी दुवै कमाउँदै छु ।’ जीवनका अन्तिम दिनमा पनि लोक-दोहोरी गायिका कृष्ण गुरुङ भनेर समाजले चिन्नेमा ढुक्क भइसकेकी उनले कुराकानीमा भनिन्, ‘मैले त कलाक्षेत्रबाहिर निस्कने बाटोसमेत भुलिसकेँ ।’
कलाक्षेत्रलाई यसरी माया गर्ने कृष्ण गुरुङको जीवनका बारेमा भने चासो छैन । लोकगीतलाई माया गर्नेले कसैलाई त माया दिएको होला नि ? प्रश्नको जवाफ दिनुअघि मुस्कुराउँदै उनले थपिन्, ‘खै त्यस्तो त केही थाहै छैन त ।’ जीवनमा कलाक्षेत्रबाहेक कसैसँग प्रेम नभएको बताउने गायिका गुरुङ कलामै प्रेमी भेटिने बताउँछिन् । रुिद्रप्रसाद भट्ट
Posted in नेपाली दोहरी गीत
Barha Hate Patuki
Posted in नेपाली दोहरी गीत
Khelau Dohori Part-1 ( Japan Tokyo ) Live
Posted in नेपाली दोहरी गीत