नेपाली दोहोरी गीतमा पिएचडी गर्नु भएकी एक अमेरीकन गोरीनी द्वारा गाईएको यो अत्यन्तै रोचक अनि घोचक दोहोरी गीत कार्यक्रम। भिडियो – मोक्तान डिजिटल भिडियो, न्युयोर्क।

Posted by: dohori | May 21, 2009

lok dohri

Posted by: dohori | April 21, 2009

(नेपालि लोक गित)

Posted by: dohori | April 7, 2009

पाइएन प्रेमी…

singer-krisna1रातो मखमलको चोलीसँग मिल्नेगरी निधारमा मखमलकै टीका अनि काँधमा सर्लक्क पारेर मिलाइएको पछ्यौरी । ओठको लाली र सेतो चस्मालाई अनुहारको मन्द मुस्कानले झन् चम्काइदिएको छ । दुवै हातमा मिलाएर लगाइएका चुरा बज्नेगरी माइक समाउँदै स्टेजमा उत्रेपछि उनको जागिर सुरु हुन्छ । स्टेजअगाडिका टेबलमा बसेका पाहुनालाई मन्द मुस्कानले स्वागत गर्दै गीतले लठ्याउनु उनको दैनिकी हो । पाहुनाको फर्माइसमा गीत गाउने उनीसँग केही पाहुना त सँगै दोहोरी खेल्नसमेत तम्सिन्छन् । पोखराको मुटुमा रहेको चिप्लेढुंगास्थित दीपशिखा दोहोरी साँझमा यही पहिरनमा यस्तै दैनिकीमा भेटिने यी युवती हुन् स्याङ्जा माझकोट शिवालयकी गायिका कृष्ण गुरुङ । धेरैले यिनको गीतलाई ‘वान्स मोर’ भन्दै थपडी मार्छन् । पोखरा आफैंमा सुन्दर छ, त्यसमाथि झन् गण्डकी अञ्चल त लोकगीतका लागि उर्वर भूमि नै मानिन्छ । राष्ट्रिय रूपमा लोक-दोहोरीमा चम्केका अनुहार कल्याण शेरचनदेखि झलकमान गन्धर्व हुँदै पुरुषोत्तम न्यौपाने, लक्ष्मी न्यौपाने, शर्मिला गुरुङ, बिमाकुमारी दुरा, राजु परियार यही क्षेत्रका हुन् । यही जमातका पछिपछि लागेकी छिन् कृष्ण पनि ।

विद्यालय-जीवनबाटै गायन र नृत्यमा समेत रुचि राख्ने कृष्णाको गायनयात्रा भने ०६१ सालपछि मात्र सुरु भयो, त्यो पनि परिवारका सदस्यले थाहा नपाउने गरी । लुकिछिपी गाउनुपर्ने बाध्यताले पेसामा अलि अप्ठ्यारो भयो उनलाई । किन त ? प्रश्नको जवाफ सजिलो छ- ‘हाम्रो समाजमा केटीमान्छेलाई गाउँदै हिँड्न कसले पो दिन्छ र ?’ बुबा-आमा कलाक्षेत्रभन्दा अन्य पेसामा लाग्न कर गर्थे रे । त्यसो त उनी आफैं पनि स्टाफ नर्स बन्ने सोचमा थिइन् । कसरी परिवर्तन भयो त उनको विचार ?’सुरुमा साथीभाइले कर गरेर गाउन लगाउँथे पछि आफैंलाई रुचि बढ्दै गयो ।’ उनको कलाको प्रशंसा घरबाहिर भए पनि घरमा त्यसले प्रवेश पाउन सकेन । परिवारले सहयोग नगर्दा डेढ वर्षजति गाउन छाडेँ, तर कलाक्षेत्रबाट टाढा बस्नै सकिनँ ।’ परिवारका सदस्यलाई कन्भिन्स गरेर यही क्षेत्रमा लाग्ने अठोटचाहिँ उनले वरिष्ठ लोकगायक कल्याण शेरचनलाई भेटेपछि मात्रै गरिन् ।

जीवनको सोख स्टाफ नर्स बन्ने भए पनि पार्टटाइम जागिर गर्न उनी कलाक्षेत्रमा लागिन्, तर कला र गलाले साथ दिएपछि स्टाफ नर्सको भूत आफैं भाग्यो भन्छिन् उनी । कल्याण शेरचन, पूर्णबहादुर ह्याल्मो र बुद्धिमान गुरुङ ‘धम्पो’ले कलाक्षेत्रमा लाग्न सहयोग गर्न थालेपछि उनको कलाले राष्ट्रिय र अन्तर्राष्ट्रिय चर्चा पायो । पछि परीवारले समेत हौसला थपिदिए । परिवारको समेत सहयोग पाएपछि उनी छिमेकी देश भारतको मुम्बई, दिल्ली, सिक्किम र दार्जलिङसम्म पुगेर आफ्नो कला प्रदर्शन गर्न सफल भइन् । ०६५ मा आफ्नै लगानीमा माछी फेवातालैमा… गीति एल्बम प्रकाशित गरेकी उनले सञ्जय पुनसँग मिलेर दोस्रो एल्बम फूलको डाली… बजारमा ल्याइन् । यस क्षेत्रमा नाम र दाम पनि कमाउन थालेको कुरा खुलस्त भन्ने उनले मुस्काउँदै भनिन्, ‘मैले आफ्नो खर्च अरूसँग माग्नुपर्दैन ।’ उनलाई अन्य पेसाले खासै तानेको पनि छैन । ‘जे गरे पनि आर्थिक रूपमा सबल हुने हो, नाम कमाउने हो, म यी दुवै कमाउँदै छु ।’ जीवनका अन्तिम दिनमा पनि लोक-दोहोरी गायिका कृष्ण गुरुङ भनेर समाजले चिन्नेमा ढुक्क भइसकेकी उनले कुराकानीमा भनिन्, ‘मैले त कलाक्षेत्रबाहिर निस्कने बाटोसमेत भुलिसकेँ ।’

कलाक्षेत्रलाई यसरी माया गर्ने कृष्ण गुरुङको जीवनका बारेमा भने चासो छैन । लोकगीतलाई माया गर्नेले कसैलाई त माया दिएको होला नि ? प्रश्नको जवाफ दिनुअघि मुस्कुराउँदै उनले थपिन्, ‘खै त्यस्तो त केही थाहै छैन त ।’ जीवनमा कलाक्षेत्रबाहेक कसैसँग प्रेम नभएको बताउने गायिका गुरुङ कलामै प्रेमी भेटिने बताउँछिन् । रुिद्रप्रसाद भट्ट

Posted by: dohori | March 22, 2009

Barha Hate Patuki

Posted by: dohori | March 22, 2009

Khelau Dohori Part-1 ( Japan Tokyo ) Live

Older Posts »

Categories